Dashain Banner
Dashain Banner

सात देशका गृहमन्त्री सहभागी हुने बैठकमा भाग लिन सुधन उडे भारत

सोमबार, असोज २६, २०८३

गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

उनी आज दिउँसो १:३० बजे नेपाल वायुसेवा निगमको उडानमार्फत भारत गएका हुन् । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुन लागेको बैठकमा सहभागी हुन उनी भारत गएका हुन् ।

बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्