सोसल मिडिया
युनिकोड
सरकारले नेपाल प्रशासन सेवाकी सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिव बढुवा गरेर गण्डकी प्रदेशको प्रमुख सचिवमा खटाएको छ। आभालाई गण्डकी पठाएपछि त्यहाँका प्रमुख सचिव भूपाल बराल संघीय राजधानी नै फर्किएका छन्। बरालको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ।
सचिव बढुवा भएपछि वागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका बराल त्यहाँ पुग नपुग साढे ५ महिना बसेर अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा भएका थिए। अर्थबाट गण्डकी पुगेका बरालले साढे ३ महिनामै संघ फर्कने अवसर पाएका हुन्। यति हुँदा उनले प्रदेश बस्नु पर्ने लेठो सकिएको छ।
सचिवमा बढुवा भएर गण्डकी पठाईएकी सचिव आभा पूर्व सचिव कृष्णहरि पुस्करकी पत्नी हुन्। पुस्कर प्रदेश नगएरै सचिवको पांच बर्षे कार्यकाल पूरा गरेर घर गएका सचिव हुन्। सचिव बढुवा लगत्तै उनको अर्थ मन्त्रालयको राजस्व सचिवमा पदस्थापन भएको थियो।
यस अघि सचिवमा बढुवा भएका इन्दु घिमिरे, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङलाई भने प्रदेश नपठाएर मन्त्रालय र आयोगमा पदस्थापन गरिएको थियो। घिमिरे रक्षा सचिव छिन् भने तामांग वाणिज्य सचिव छन्। त्यस्तै पराजुली अख्तियार सचिव छन्।