सोसल मिडिया
युनिकोड
यतिबेला प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुगेका छन्। अमेरिकी जाँदा राष्ट्रिय सम्मानको लागि दिइने सलामी ग्रहण नगरेका कारण प्रधानमन्त्री वालेनको एकाथरीले तारिफ गर्दै सुशासन कायम भएको धारणा व्यक्त गरेका छन्। अझ अर्काथरीले त कालो लुगा र कालो चस्मा लगाएका कारण बालेन राजा महेन्द्रकै अवतार भएको निम्छरो टिप्पाणीमा रमाई रहेका छन्।
यी दुवै कुरालाई नाटकको संज्ञा दिंदै नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले तिखो टिप्पणी सहित प्रहार गरेका छन्। कालो चस्मा र कालो कपडा लगाउदैमा सबैजना राजा महेन्द्र हुन नसक्ने भन्दै निरौलाले यो सबै बालेनको नाटक भएको टिप्पणी गरेका छन्। हो यस्तै भद्दा नाटकका कारण सरकारको लगौटी चांडै खुस्किने पनि निरौलाको तर्क छ।