सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पनि बैठक बसेको हो । आइतबार (हिजो) बसेको सचिवालय बैठकमा पुनर्गठन कार्यदलको प्रतिवेदन पेस भएको थियो ।
कार्यदलको निर्णयमा अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए । उनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने, ७० वर्षे उमेरहद र दुई कार्यकालको विषय आगामी विधान महाधिवेशनमा छलफल गर्ने कार्यदलको निर्णयमा आपत्ति जनाए ।
ओलीले सुरुआतमा प्रतिवेदन नै स्वीकार्न हिचकिचाएको नेताहरूले बताएका छन् ।
हिजो कार्यदलको बैठकमै केन्द्रित भएपछि केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय आज पनि बैठक बसेको हो । सोमबार दिउँसो ११ बजेदेखि बस्नेगरी केन्द्रीय कमिटी बैठक तय भएको छ ।