अख्तियारको टोलीले बाढीपिडितलाई दियो ६१ लाख ६२ हजार सहायता

बुधबार, भदौ ३१, २०८३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीले ६१ लाख ६२ हजार पाँच सय आठ रुपैयाँ जम्मा गरेका छन् ।

आयोगका पदाधिकारीहरूको १५ दिनको, आयोगका सचिवको  १०, आयोग र मातहत कार्यालयका निजामती÷प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीहरुको  १० दिनको, उपसचिव÷शाखा अधिकृत र सो सरहका राष्ट्रसेवक कर्मचारीहरुको ७ दिनको तलब काटेर कोषमा जम्मा गरिएको हो । 

त्यस्तै, राजपत्रअनंकित राष्ट्रसेवक कर्मचारीहरूको  ५ दिनको र श्रेणीविहीन कर्मचारीहरूको दुई दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरी जम्मा कोषमा जम्मा गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्