सोसल मिडिया
युनिकोड
नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
प्रहरीले उनलाई बैंकिङ कसुर मुद्दामा सोमबार सिंहदरबारबाट पक्राउ गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए।
उनी प्रधानमन्त्रीले बोलाएको बाढीप्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी थिए।
बैठकबाट बाहिरिएलगत्तै पक्राउ गरेर उनलाई दरबारमार्गको हिरासतमा राखिएको छ। तामाङविरुद्ध अरुण अर्यालले दरबारमार्ग वृत्तमा जाहेरी दिएका थिए।
तामाङविरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ। तर उनी फरार रहेको पाइएकाले पक्राउ गरेर मंगलबार अदालतमा पेस गरिने पनि एसपी थापाले जानकारी दिए।