सोसल मिडिया
युनिकोड
रसुवाको विभिन्न गाउँहरूमा ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सडक तथा पुलहरू बगाएपछि ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्न थालिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
जिल्ला सदरमुकाम धुन्चेबाट ठुलो हाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा खाद्यान्न ढुवानी भइरहेको कार्यालयले जनाएको छ।