प्रधानमन्त्री वालेन्द्रले गरे न्युजिल्यान्डका प्रधानमन्त्रीसँग फोन संवाद, के भयो कुरा ?

शुक्रबार, भदौ २६, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच आज (शुक्रबार) टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापना तीव्र पारिएको बताए।

साथै उनले बेपत्ता सबै नागरिकको खोजीलाई पनि प्राथमिकतामा राखिएको बताए। यस क्रममा प्रधानमन्त्री शाहले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरे। 

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रका रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि अनुरोध गरे।

यस क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति आफ्नो सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्