भए भरका विपक्षी दललाई किन चाहियो संसदीय विशेष समिति ? 

बिहीबार, भदौ २५, २०८३

विपक्षी दलको बैठकले सरकारलाई संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा बसेको बैठकले रसुवा बाढीमा उद्धार, खोज तथा पुन:स्थापनाका विषयमा निगरानी गर्नका लागि संसदीय विशेष समिति बनाउन माग गर्ने बैठकले निर्णय गरेको नेकपा एमालेकी उपनेता पद्मा अर्यालले बताइन्।

‘बाढी लगत्तै बसेको सर्वदलीय बैठकमा हामीले रास्वपा सभापति रवि लामिछानेसँग बाढीपछि उद्धार, खोज तथा पुन:स्थापनाका विषयमा सरकारले गरेका कामलाई निगरानी गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग गरेका थियौँ। त्यो अझै गठन भएको छ। फेरि उक्त समिति गठन गर्न माग गर्ने निर्णय हामीले गरेका छौँ’, अर्यालले बैठकपछि सञ्चारकर्मीसँग भनिन्।

यस्तै बैठकले बाढीपीडितहरू होल्डिङ सेन्टरमा बस्न नसक्ने भन्दै छिटो अस्थायी पुन: स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सरकारले अझ प्रभावकारी काम गर्न सक्ने भए पनि कहीकतै चुक गरेको बैठकको निष्कर्ष रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १३:१४
प्रतिक्रिया दिनुहोस्