प्रधानमन्त्री राहत कोषमा हालसम्ममा कति रकम जम्मा भयो ?

बुधबार, भदौ २४, २०८३

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ ।

यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको बताइएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

बाढीपछि सरकारले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो ।

सरकारले बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कोषमा रकम जम्मा गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १३:४२
प्रतिक्रिया दिनुहोस्