सोसल मिडिया
युनिकोड
देशकै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आन्तरिक कलहमा रुमल्लिएकै बेला अर्को प्रजातान्त्रिक पार्टी नेपाल समाजवादी कांग्रेस भने श्वाधिनता संरक्षण निम्ति राष्ट्रिय अभियान संचालन गरेर भित्र भित्रै फरक माहौल बनाउने अभियानमा सक्रिय छ।
चार तारे कांग्रेस घर झगडामा गाँड कोराकोरमा उत्रिएका बेला सग्लो रहेको छ तारे कांग्रेस जुर्मुराएको हो। बर्तमान शासकको रवैयाले नेपालको अस्तित्व नै धरापमा पर्न सक्ने भय देखेको नेपाल समाजवादी कांग्रेसले केन्द्रीय अध्यक्ष गोबिन्द निरौलाको कप्तानीमा अभियानलाई द्रुत बनाऊदै लागेको हो।
देशको श्वाधिनता संरक्षण गर्न राष्ट्रिय एकता कायम गरौ भन्ने अभिप्रायले समाजका अगुवा र देशभक्त प्रजातान्त्रिक विचार बोक्नेहरूका बीच तारन्तार छलफल भईरहेको निरौलाको भनाई छ। राष्ट्रिय एकताको लागि "संवैधानिक प्रजातन्त्र र वैदिक सनातन धार्मिक राज्य" स्थापना गरेर देश जोगाउने पर्ने बाध्यता रहेको तहर सहित निरौलाले सोही काममा आफू सक्रिय भएको बताएका छन्। जसका लागि कुटिल कुटनीतिक ढंगले काम भईरहेको निरौलाको भनाई छ।