सोसल मिडिया
युनिकोड
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै ओशो तपोवनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ लाख ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
तपोवनका संस्थापक, बोधिसत्व स्वामी आनन्द अरुणको नेतृत्वमा सन्यासीहरूको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
भेटघाटका क्रममा बोधिसत्व स्वामी आनन्द अरुणले विपत्तिको यस कठिन घडीमा तपोवन पूर्ण रूपमा बाढीपीडितहरूको साथमा रहेको बताए । प्राकृतिक विपत्तिमा परेर घर, जीविकोपार्जन र आफ्ना प्रियजन गुमाएका प्रभावित परिवारहरूप्रति करुणा र मानवीय संवेदना व्यक्त गर्दै उनले भने, ‘विपत्तिको समयमा करुणा केवल शब्दमा मात्र सीमित नरही सार्थक कर्ममा परिणत हुनुपर्छ । यो सहयोग हाम्रो साझा मानवता र सेवाभावको एक विनम्र प्रयास हो ।’
भेटका क्रममा स्वामी आनन्द अरुणले अर्थमन्त्री वाग्लेलाई ओशोका पुस्तकहरूसमेत प्रदान गरेका थिए ।