बाढी गएको आठ दिनपछि आठ सालमै जन्मिएका ओली नुवाकोट हिंडे 

बुधबार, भदौ १७, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि गल्छीतर्फ प्रस्थान गरेका छन्।

बाढी गएको आठ दिनपछि उनी प्रभावित क्षेत्रको अवस्था बुझ्न र स्थानीयको अवस्थाबारे जानकारी लिन गल्छी गएका हुन्। २००८ सालमा जन्मिएका ओली बाढी गएको आठ दिनपछि बल्ल त्यता गएका हुन्। 

ओलीको सचिवालयका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे स्थलगत जानकारी लिन ओलीले प्रभावित क्षेत्रको निरीक्षण गर्ने बताइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १४:०८
प्रतिक्रिया दिनुहोस्