बाढी पिडितका लागि भारतले नेपालमा पाँचौँ खेपको सहायता सामग्री पठायो 

बुधबार, भदौ १७, २०८३

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यका लागि भारतले नेपालमा पाँचौँ खेपको सहायता सामग्री पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाँचौँ खेपको राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका छन् । उनका अनुसार खोज तथा उद्धारका लागि आवश्यक विशेष उपकरणसहित ११ जना उद्धारकर्मी र ५.५ टन अत्यावश्यक औषधि बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको हो ।

यसअघि भारतले चौथो खेपमा ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको सहायता विमान नेपाल पठाएको थियो । उक्त विमान भदौ १४ गते नेपाल आएको थियो । भारतले भोटेकोशी बाढीपछि नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराउँदै आएको छ ।  

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १०:१५
प्रतिक्रिया दिनुहोस्