सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विभिन्न दलका नेता सहभागी भएका छन् । बिहीबार (भदौ ११) बिहान सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बुधबार (भदौ १०) रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ । यही विपद् व्यवस्थापनलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
बैठकमा लामिछानेसँगै नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सहभागी छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता महन्थ ठाकुर सहभागी छन् ।
यसबाहेक रास्वपा, राप्रपाका दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी छन् ।