सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोटहुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।
उनले विपद्को यस समयमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका छन् ।
साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न पनि उनले आग्रह गरेका छन् ।