Dashain Banner
Dashain Banner

सेनाका दुई सहायक रथी उपरथीमा उकालिए, २७ सहसचिवको अड्डासार

सोमबार, भदौ ८, २०८३

नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन्। 

सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा भएका हुन्। भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

उनीहरूलाई सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। यस्तै प्रमुख सेनानीबाट चार जना महासेनानीमा बढुवा भएका छन्। उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले २७ जना सहसचिवको पनि सरुवा गरेको छ। 

सरकारले गरेको सह–सचिव सरुवामा केहीलाई निरन्तर सुविधा हुने ठाउँमा राखिएको र कतिपयलाई भने लगातार दुर्गम क्षेत्रमा पठाइएको आरोप लागेको छ । यसअघि काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका केही सह–सचिवलाई पुनः दुर्गम क्षेत्रमा सरुवा गरिएको छ भने केहीलाई सिंहदरबारभित्रकै मन्त्रालय तथा निकायमा सरुवा गरिएको छ । सिंहदरबारभित्र बर्सौदेखि बसेका बाहिर धपाईएका छन्। 

त्यसैले पछिल्लो सह–सचिव सरुवालाई लिएर सरकारले चयनमुखी ढंगले सरुवा गरेको भन्दै टिप्पणी हुन थालेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्