सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै पार्टीको इतर पक्षले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ।
पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा इतर समूह अदालत जान लागेको हो।
नेता मीन विश्वकर्माका अनुसार पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिनेछ।
यस विषयलाई लिएर हाल कानुन व्यवसायीहरूसँग आवश्यक परामर्श भइरहेको र शीर्ष नेताहरू भने स्वयं अदालत उपस्थित नहुने उनले स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसको आधिकारिकता विवादका सम्बन्धमा सर्वोच्च अदालतले यसअघि नै पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेको छ।
उक्त कानुनी विवादको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न माग गर्दै इतर पक्षले अन्तरिम आदेशको माग गर्ने तयारी गरेको हो।