पूर्व मन्त्रीका छोरा समेत रहेका पूर्व सांसदको हातमा लाग्यो हत्कडी 

बिहीबार, भदौ ४, २०८३

प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए। 

उनी पूर्व सांसद समेत हुन। एमालेका पूर्व मन्त्री मोदनाथ प्रश्रितका छोरा पौडेल पछिल्लो समय जनता टेलिभिजन संचालन गर्दै आएका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १५:१५
प्रतिक्रिया दिनुहोस्