बागमतीको मुख्यमन्त्रीमा एमालेका किरणले दाबी पेस गरे, राप्रपामा लफडा

बुधबार, भदौ ३, २०८३

एमालेका प्रदेश सांसद किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेकपा र राप्रपाको समर्थनमा बुधबार उनले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन्।

एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि बुधबार दाबी पेस गरिएको छ।

केपी शर्मा ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल संयोजक रहेको नेकपा बीच यसअघि नै सहमति भए अनुसार प्रदेश सरकारमा भागबन्डा भइसकेको छ ।

बुधबार राप्रपाले पनि १२ सिटसहितको समर्थन जनाए पछि बहुमतसहित एमाले सांसद थापाले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन, थापाले एमाले र नेकपावाहेक सरकार बनाउनका लागि तीन सिट मात्रै आवाश्यक रहेको बेला राप्रपाले भारी बहुमत सिट उपलब्ध गराएको हो ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। नयाँ सरकार गठन गर्नका लागप थापालाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्नेछ । तर, उनले आवश्यक भन्दा ९ सिट बढी जोडेर दावी पेश गरेका हुन्।

राप्रपा सरकार गठनको खेलमा नलाग्ने बताए पनि अन्तिम समयमा थापालाई समर्थन गर्न पुगेको हो। तर, समर्थन प्रकरणले राप्रपामा किचलो भएको छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्