पत्रकार किशोरलाई चार दिन थुनामा राख्न जिल्लाको अनुमति, सर्वोच्चले के गर्छ ? 

सोमबार, भदौ १, २०८३

जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न आदेश देशको छ । प्रहरीको माग बमोजिम श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतले श्रेष्ठमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप गरेको हो । गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले सुरुमा तीन दिन थुनामा राख्न आदेश दिएको थियो । 

यता, वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाई चलिरहेको छ । 

यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते (आज) अदालत उपस्थित हुन आदेश दिएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्