शशांकले पूर्णबहादुरलाई गल्फुटार पुगेर दिए भेलाको निम्तो 

बुधबार, साउन २७, २०८३

नेपाली कांग्रेस नेता एवं इतरपक्षका भेला संयोजक डा. शशांक कोइरालाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई भेलामा निम्तो दिएका छन्। कोइरालाले आज बिहान खड्का निवास गल्फुटारमा पुगेर खड्कासँग भेट गरेका हुन्। कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार भेलामा सहभागी हुन खड्काले पनि सकारात्मक जबाफ दिएका छन्।

खड्का र कोइरालाबीच भएको भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए । कांग्रेसको इतरपक्षले आगामी शुक्रबार काठमाडौंको सुकेधारामा भेला गर्दैछ। कांग्रेसका सभापति गगन थापालाई विभिन्न आरोप लगाउँदै इतरपक्ष असन्तुष्ट छ। जसका कारण उनीहरू भेलामार्फत नयाँ ढंगले जाने बताइरहेका छन्।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्