एक्लिएको महसुस गरेका वालेन्द्रलाई थामथाम थुमथुम पार्न रवि पुगे बालुवाटार 

सोमबार, साउन २५, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेट्न आइतबार साँझ बालुवाटार पुगेको खुलेको छ । आइतबार साँझ प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४५ मिनेट छलफल भएको थियो ।

उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । साथै, सरकारका आगामी कदमहरू, सभापति लामिछानेको चीन भम्रणलगायतका विषयमा छलफल भएको थियो ।

बालेन प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन् । लामिछाने हत्तपत्त बालुवाटार पुग्ने गरेका छैनन् ।

प्रधानमन्त्री बालेनले आफू एक्लै रहेको अभिव्यक्ति सामाजिक सञ्जालमा दिएका थिए । भने, रास्वपामा सरकारको कामकारबाहीलाई लिएर नेता र सांसदहरू असन्तुष्ट देखिएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ११:३६
प्रतिक्रिया दिनुहोस्