सोसल मिडिया
युनिकोड
सरकारले बजेट सार्वजनिक गर्दै गत जेठ १५ गते घोषणा गरेको कर्मचारी तलब बढाउने विषय बल्ल कार्यन्वयनमा आएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेर पठाए संगै अब कर्मचारीले बढेको तलब थाप्ने भएका छन्।
अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो । नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।
त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्यसचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ हुनेछ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागु हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बृद्धि गरेका थिए ।
पेन्सनधारीको हकमा भने अब १० प्रतिशत बृद्धि हुनेछ । बढेको तलब साउन १ गतेबाटै गणना गरेर खातामा पठाईने महालेखा नियन्त्रकको कार्यालयले बताएको छ।
बढेको तलबको सबै जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।