सोसल मिडिया
युनिकोड
नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन्। उनी एक लाख नगद सहित पक्राउ परेका हुन् ।
भुक्तानी भइसकेपश्चात कमिसन किन नदिएको भनी बार्गेनिङमा घुस मागेका थिए।
यसै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुबाट स्रोत नखुलेको थप ५००० सहित नियन्त्रणमा लिएको हो।