सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको एकता लागि राष्ट्रिय एकता भेला आयोजना हुने भएको छ । ‘देश र कांग्रेस जोड्ने अभियान’ले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
‘यो अभियानमा कुनै व्यक्ति, कुनै गुट वा कुनै व्यक्तिको लागि होइन । यो अभियान एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प हो । उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनि गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस विभाजनको प्रक्रियाले औपचारिक लिएसँगै सो अभियानलाई दबाब दिएर रोक्नका लागि कांग्रेस नेताहरू रञ्जित कर्ण, नैनसिंह महर, सुवन गिरीलगायतका समूहले एकता अभियानको नेतृत्व गरिरहेका छन् ।
शनिबार कांग्रेसको संस्थापनइतर समूहले २९ साउनमा राष्ट्रिय भेला गर्न शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति बनाएको छ ।