सुनसरी घटनामा एमालेले प्रधानमन्त्री र गृहमन्त्रीको माग्यो राजीनामा

बिहीबार, साउन १४, २०८३

विपक्षी दल नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री वालेन्द्र शाह बालेन र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्‌मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । 

उनले प्रधानमन्त्री यति ठूलो घटना हुँदा कहाँ छन् भन्दै प्रश्नसमेत गरिन् ।  

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्