सोसल मिडिया
युनिकोड
भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा आइतबार स्वदेश फर्किएका छन्। भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही साउन ७ गते नयाँ दिल्लीतर्फ प्रस्थान गरेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्मा र भारतीय समकक्षी कान्तबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
सो भेटमा दुई देशका न्यायिक निकायबीच अनुभव, सहयोग र न्याय सम्पादनका विविध पक्षमा आदानप्रदान गर्ने विषयमा फलदायी छलफल भएको छ। भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै त्यहाँको न्याय सम्पादन प्रक्रिया र अभ्यासका बारेमा जानकारी समेत लिएका थिए।
उक्त उच्चस्तरीय भ्रमण टोलीमा प्रधान न्यायाधीश डा. शर्माकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सहरजिस्ट्रार अमित उप्रेती सहभागी थिए।