सोसल मिडिया
युनिकोड
कैलालीको धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार मृत्यु हुने ३५ वर्षीय युवक ज्योति चौधरी हुन्।
‘आत्मदाह प्रयासको घटना ९ गतेको हो। सोही दिन उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। शरीरको करिब ६० प्रतिशत भाग जलेको भनेर चिकित्सकले नेपालगञ्ज रेफर गरेका थिए’, प्रहरी निरीक्षक विष्टले भने, ‘उहाँ महिला होइन, पुरुष हो।’
चिकित्सकले नेपालगञ्ज रेफर गरे पनि परिवार सदस्य तथा नातेदारहरुले ज्योति चौधरीलाई काठमाडौं लैजान निर्णय गरेका थिए। प्रहरी निरीक्षक विष्टका अनुसार सडक मार्गबाट काठमाडौं ल्याउँदै गर्दा हिजो ५ बजे बाटोमै मृत्यु भएको हो।
घरयासी विवादका कारण चौधरीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ। प्रहरी निरीक्षक विष्टका अनुसार थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको छ।