अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता

सोमबार, साउन ११, २०८३

धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे बस्ने डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।

आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः सहमतिको प्रयास हुन लागेको हो । डा. केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न सकेको छैन । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेको सरकारी वार्ता टोलीले आइतबार बिहानदेखि वार्ता सुरु गरेको छ ।

डा. केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्नेलगायत माग राखेर बिहीबारदेखि धनगढीमा अनशनमा बसेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ०८:४९
प्रतिक्रिया दिनुहोस्