फागुन २१ गते ३६ हजार ८ सय ७६ मत पाएका माननीयलाई दलियो कालोमोसो 

शुक्रबार, साउन ८, २०८३

रास्वपाका सांसद् गणेश पौडेलमाथि स्थानीयले कालोमोसो दलेका छन्। रौटहट ४ बाट निर्वाचित पौडेललाई गृहजिल्ला रौतहटको गढीमाई नगरपालिकामा बिहीबार राति करिब साढे ८ बजेतिर स्थानीयले कालोमोसो दलेका हुन्।

संसद् बैठक स्थगित भएपछि पौडेल मतदातासँग भेटघाट गर्न भन्दै गृह जिल्लातिरै छन् । एक निकटका अनुसार सांसद् पौडेललाई मुस्लिम समुदायका व्यक्तिहरुले आफ्नो मस्जिद भ्रमण गरिदिन भनेका थिए ।

पौडेलले रातिको समय भएकाले अर्कोपटक जाने बताए । त्यही बीच उनीमाथि कालोमोसो दलिएको हो।

पैडेलले आफूमाथि कालोमोसो दल्नेलाई कारबाही माग गरेर प्रहरीमा मौखिक उजुरी दिएका छन् । प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

पौडेल गत २१ फागुनको निर्वाचनमा ३६ हजार ८ सय ७६ मतसहित विजयी भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्