भूमिहीन सुकुम्बासी पनि सडकमा निस्किए, नागरिक बचाउ महाअभियानले हाल्यो टेको 

बिहीबार, साउन ७, २०८३

नागरिक बचाउ महाअभियान सुकुम्बासी समायोजन समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । भूमिहीन सुकुम्बासीहरूलाई पनि यो देशमा बाँच्न देउ भन्दै उनीहरूले बिहीबार प्रदर्शन गरेका हुन् ।

सरकारले काठमाडौंका विभिन्न सुकुम्बासी वस्तीमा डोजर चलाएर होल्डिङ सेन्टरमा अलपत्र पारेको थियो । कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि बिचल्लीमा परेका सुकुम्बासीलाई भक्तपुरको होल्डिङ सेन्टरमा लगिएको थियो । अहिले ती होल्डिङ सेन्टरबाट पनि उनीहरूलाई सरकारले उनीहरूको पुर्ख्यौली ठेगनामा धपाउन लागेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १३:११
प्रतिक्रिया दिनुहोस्