सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा अर्ग्यानिक क्षेत्रका व्यवसायीहरूसँग आज छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे बस्नै बैठकमा नेपालमा जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनका विषयमा छलफल हुनेछ ।
छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा लगायत अर्ग्यानिक क्षेत्रका व्यवसायीहरूको सहभागिता रहनेछ । कार्यक्रममा गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य पनि सहभागी हुने बताइएको छ ।
नेपाल अर्ग्यानिक संघले जैविक कृषि उत्पादनको विस्तार, प्रशोधन उद्योगको विकास तथा अर्ग्यानिक उत्पादनको बजार प्रवर्द्धनका लागि काम गर्दै आएको छ ।
प्रधानमन्त्री शाहले उद्योग तथा व्यवसाय क्षेत्रको प्रवर्द्धनका लागि उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गर्दै आएका छन् ।