सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ।
कोषको घोषणा गर्दै सभापति गगन थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई सहयोग गरिने बताएका छन्।
कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए।
कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी दिइने उनले बताए।
कांग्रेसले बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ।