सोसल मिडिया
युनिकोड
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा जितेन्द्र परियार नियुक्त भएका छन्। काठमाडौँको मीनभवनमा अवस्थित सिभिल अस्पताल अब उप्रान्त परियारले हाँक्ने भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार क्यान्सर रोग विशेषज्ञ परियारलाई नियुक्त गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख छ।
डा.परियार १३ वर्षदेखि सिभिल अस्पतालमा कार्यरत छन्। २६ वर्ष अघि मेडिकल अफिसर बनेका चितवनका परियारले भरतपुर बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत काम गरेका छन्।