सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह

शुक्रबार, साउन १, २०८३

सङ्घीय संसद् सचिवालयले सबै सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२र८३ को सम्पत्ति विवरण बुझाउन भनेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार आर्थिक वर्ष २०८२र८३ समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहित अद्यावधिक गर्न अनुरोध गरेको हो।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्