सोसल मिडिया
युनिकोड
विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो।
विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोेकेको छ।
नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकिएको हो।
रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरुसँग विगो भने कायम गरेको छैन ।
घुस लिएको भनिएको रकम तीन करोड ८ लाख रुपैयाँलाई दामासाहीमा बाँडेर एक करोड ५४ लाख रुपैंयाका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।