झापाबाट आएका दुर्गा प्रसाईलाई प्रहरीले आफ्नै गाडीमा राखेर किन लग्यो घर ?

आइतबार, असार २८, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्‍याएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईँले विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि प्रहरीले घर पुर्‍याएको हो । 

निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको हो । उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका थिए ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्