गणेश नेपालीको मृत्युको जिम्मा सरकारले लिनुपर्ने एमालेको जिकिर 

शुक्रबार, असार २६, २०८३

विपक्षी दल नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले सो कुरा बताएकी हुन् । 

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनको आग्रह छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्