वालेन्द्रले मस्तिस्कमा उत्तर कोरिया बोकेर हिडेको भन्दै कांग्रेस दलका नेता भीष्मराज कुर्लिए 

सोमबार, असार २२, २०८३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह मस्तिस्कमा उत्तर कोरिया बोकेर हिडेको जस्तो भान भइरहेको बताएका छन्।

सहकार्य, सम्वाद केही पनि नगरेको भन्दै उनले प्रधानमन्त्री अलोकतान्त्रिक बन्दै गएको र मस्तिस्कमा उत्तर कोरिया बोकेर हिडिरहेको जस्तो भान भएको बताएका हुन्। ‘प्रधानमन्त्री जी लोकतान्त्रिक संविधानको बाटो बाट आउनुभयो। तर मस्तिस्कमा उत्तर कोरिया बोकेर हिड्नुभएको भान मलाई भइरहेको छ। यो राम्रो संकेट पटक्कै होइन’, आङ्देम्बेले भने।

सरकार उल्टो गन्तव्यमा हिडेकोसमेत उनको आरोप छ। ‘राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो। तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण सहोस्। खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टोबाट आएका प्रधानमन्त्री जीले जुत्ता उल्टो लगाउने खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा पुग्न सुल्टै बाटो हिड्नुपर्छ’, उनले भने।

सरकारको कार्यशैली हेर्दा सहकार्यभन्दा टकराब र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखिएको आङ्देम्बेले बताए। ‘लोकतन्त्र सम्वादले चल्छ। सहमतिबाट उघि बढ्छ। र असहमितलाई पनि सम्मान गर्छ। तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा सम्वाद भन्दा दुरी। सहकार्यभन्दा टकराब र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो’, उनले भने।
 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्