रवि लामिछानेको निर्वाचन क्षेत्रको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमै कुटिए 

बिहीबार, असार १८, २०८३

दुई तिहाई मत नजिकको शक्तिशाली सरकारका एक जना कर्मचारी कुटिएका छन्। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत कार्यकक्षमै कुटिएका हुन्। 

रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको पालिकाका हाकिमले कुटाई खानु परेको हो। आधा दर्जन युवाको जत्थाले उनलाई कुटेको हो।  ढुंगा गिट्टी उत्थखननको बिषयलाई लिएर बस्नेतमाथि आक्रमण भएको बुझिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हाल सम्म कोही समातिएका छैनन्। 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १३:२८
प्रतिक्रिया दिनुहोस्