सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्।
बुधबार रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीमा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई पथ तथा गोपनीयताको शपथ खुवाएका हुन्। रास्वपा पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
त्यस्तै, सभापतिमा लामिछाने र उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए।
रास्वपाका वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुने व्यवस्था छ। यस्तै, सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते चितवनमा सुरु भएको थियो। ६ दिनसम्म चलेको महाविधेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन्। सभापति लामिछानेले महाधिवेशन स्थलमै शपथ लिएका थिए।