सोसल मिडिया
युनिकोड
नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्ट नेताहरूले पार्टी एकताको नाममा आफ्ना गल्तीहरू ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।
हिजो आइतबार मात्रै नेकपा र एमालेबीच पार्टी एकता वा कार्यगत एकताको विषयमा शीर्ष नेतृत्वबीच सार्वजनिक छलफल भएको थियो । सो छलफलप्रति कटाक्ष गर्दै वास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग अलि चलेछ ।”उनले थप भने, “भयङ्कर खतरा देखाएर नेतृत्वबाट चलाईएको यो कथ्य रूपमा सुन्दर तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिकिरहन प्रयोग गरिएको भुत्ते हतियार हो।”
बास्कोटाले विगतमा भएको एकता र विभाजनको प्रसङ्ग कोट्याउँदै भनेका छन्, “सुधार र शक्ति आर्जन साँच्चै चाहेको हो भने पहिले फुटाएर गरेको गल्ती स्वीकार गर्न सक्छौ ? आफू छोडेर सहकर्मीलाई अघि बढ्न दिन सक्छौ ?”