सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ प्रतिनिधिले मतदान गरेका छन् ।
रास्वपाका पहिलो महाधिवेशनका लागि ३ हजार ८४९ जना प्रतिनिधि रहेका थिए । उनीहरुमध्ये झन्डै एक हजार जनाले मतदान गरेनन् । रास्वपाले ९९ जना केन्द्रीय सदस्यका लागि गरेको मतदान केहीबेर अघि सकिएको थियो । अन्तिम मतदाताको रुपमा सभापति रवि लामिछाने रहेका थिए ।
उनले मतदान गरेसँग मतदान प्रक्रिया सकिएको थियो । अहिले मुचुल्का भइरहेको छ । केही बेरमा मतगणना हुने र पदाधिकारीको चयन प्रक्रिया अघि बढ्ने बताइन्छ ।