रास्वपाको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि पदाधिकारीका लागि मतदान 

बिहीबार, असार ११, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएको छ । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३७९ जनाले उमेदवारी दिएका छन् । 

यसमा खुलातर्फ २१० जनाको उमेदवारी परेको छ । भूगोलतर्फ १७४ जनाको उमेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच केन्द्रीय सदस्य निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् । ६४ खुलाका लागि २१० जना प्रतिस्पर्धामा छन् ।  

सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोसी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, वाग्मती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उमेदवारी परेको छ ।

दुई घण्टाभित्र मतपरिणाम घोषणा हुने निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १३:२८
प्रतिक्रिया दिनुहोस्