को बन्दैछ विद्युत् नियमन आयोगको अध्यक्ष ?

बिहीबार, असार ४, २०८३

विद्युत् नियमन आयोगको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत सात उमेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका निम्ति छनोट गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् नियमन आयोग अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिले बुधबार (असार ३) सूचना प्रकाशन गर्दै अन्तर्वार्ताको मिति तय गरेको हो ।

अध्यक्ष पदका निम्ति दरखास्त दिएका उमेदवारमध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरी व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेका उमेदवारलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार, केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसूदन अधिकारी, डा. भोलानाथ शर्मा घिमिरे र नारायणप्रसाद सापकोटा अन्तिम सूचीमा परेका छन् ।

उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता यही असार ६ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्