सोसल मिडिया
युनिकोड
रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ ।
असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ । दुवै नेतालाई निमन्त्रणापत्र पुगिसकेको छ ।
तर सहभागी हुने कि नहुने भन्ने अझै निर्णय नभएको थापा र ओली निकट सचिवालय स्रोतले जानकारी दिएको छ । बुझिए अनुसार दुवै नेता नजाने तर प्रतिनिधि चाँही पठाउने भएका छन्।