लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको आजैदेखि घर बसाई सुरु

बुधबार, असार ३, २०८३

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी आजदेखि ६५ वर्ष पूरा भएका छन्। यो भए संगै उनले लोकसेवा आयोगको अध्यक्षबाट बिदाई लिएका छन्। केपी ओली प्रधानमन्त्री भएका बेला २०७८ बैशाखमा आयोगको अध्यक्ष भएका उनी पाँच वर्ष आयोगमा बिताएर घर फर्किएका हुन्। 

कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।

रेग्मी लोक सेवा आयोगको पूर्वसचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष कर्मचारी भएर काम गरेका थिए। उनले सचिवको अवकाश पनि आयोगबाटै लिएका थिए। 

रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरिदार बनेका थिए । सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव सँगालेका उनी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १२:५७
प्रतिक्रिया दिनुहोस्