चारलाख पचास हजार खन्खन्ती गनेपछि सेफ सन्तोष हाजिर जमानीमा रिहा

मंगलबार, असार २, २०८३

सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। सोमबार साँझ उनी हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

‘उहाँले ठगीको रकम पीडित पक्षलाई बुझाएर त्यसको निस्सा हामीलाई बुझाएपछि राखिराख्न आवश्यक भएन, त्यसपछि हाजिर जमानीमा छुट्नुभएको हो,’ उनले भने। उनका अनुसार साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएका हुन्।

प्रहरीले साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्