सचिव र मन्त्री बन्न नपाएकी संगीताले अन्तिममा पाईन् सफाई

मंगलबार, असार २, २०८३

स्वास्थ्य मन्त्रालयको  अतिरिक्त स्वास्थ्य सचिव हुँदा भ्रष्ट्राचार काण्ड लागेकी डा. संगिता कौशल मिश्रले विशेष अदालतबाट सफाई पाएकी छन् । सफाई पाएपनि उनी मन्त्रालय फर्कने बाटो भने आफैले बन्द गराएकी छन् । 

चुनावी सरकारमा स्वास्थ्यमन्त्री बन्न खुट्टा उचालेर खाईपाई आएको पदबाट राजीनामा दिएकी उनी मन्त्री बन्न भने सकिनन् ।

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दिपक अधिकारी, यादवप्रसाद सापकोटा, सम्भुप्रसाद ढकाल, सिता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका छन्।

स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया, श्रवणकुमार थापा, आशिष चौहान, पद्या मिश्र र संजयकुमार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।

उनीहरूलाई चार महिना कैद सजाय सुनाइएको छ। मेमोग्राफी मेसिन आपूर्ति गर्ने माक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्राइभेट लिमिटेडका सुन्दर भुसाललाई पनि ४ महिना कैद सजाय सुनाएको हो।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्